एजेन्सी,काठमाडौँ। अमेरिकाले ग्रिनल्यान्ड आफ्नो नियन्त्रणमा लिन सक्ने संकेत दिएपछि युरोपेली देशहरू सतर्क बनेका छन्। फ्रान्ससहित नेटोका युरोपेली सदस्य राष्ट्रहरूले ग्रिनल्यान्डमा सैन्य उपस्थिति बढाउने तयारी गरेका छन्। डेनमार्क र ग्रिनल्यान्डका प्रतिनिधिहरूले अमेरिकासँग गम्भीर मतभेद रहेको सार्वजनिक गरेको भोलिपल्ट नै युरोपेली मुलुकहरूको यो कदम बाहिर आएको हो। ग्रिनल्यान्ड डेनमार्कअन्तर्गतको स्वायत्त क्षेत्र भए पनि अमेरिकाले त्यसलाई आफ्नो रणनीतिक…