सियोल । उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको प्योङयाङको सरकारी मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । उक्त परेडमा रुस र चीनका उच्च अधिकारीहरू पनि उपस्थित थिए । परेडमा नेता किम जोङ उनले व्यक्तिगत रूपमा नेतृत्व गरेका…