नयाँदिल्ली, २८ असार । उत्तरी भारतीय राज्य उत्तराखण्डमा आएको भीषणबाढी पहिरोमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ । गत ४८ घण्टाभित्र परेको अबिरल वर्षामा परी ती ६ व्यक्तिले ज्यान गुमाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृतकमध्ये तीन शव मुसोरीनजिकै, अर्को एक शव प्रान्तीय राजधानी देहरादुनको रिसपाना नदी छेउमा र अरू दुई जनाको क्रमशः…