यरूशलेम । इजरायली सेनाले गाजासिटीमा प्रारम्भिक चरणको सैन्य कारबाही सुरु गरेको जनाएको छ । सेनाका प्रवक्ता अवीखाय अद्राईले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजासिटीको छेउछाउमा तीव्र रूपमा कारबाही भइरहेको बताएका छन् । उनका अनुसार, इजरायलले आफ्ना बन्धकहरूको सुरक्षाका लागि र हमास समूहको संरचना पूर्ण रूपमा हटाउने उद्देश्यले कारबाहीलाई अझ सशक्त बनाउने तयारी गरेको छ ।…