मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अतिवादी’ समूह वा त्यससँग सम्बन्धित वेब पेज, पुस्तक, कलाकृति वा म्युजिक एल्बम खोज्ने इन्टरनेट प्रयोगकर्तालाई जरिवाना गर्ने कानुनमा बिहीबार हस्ताक्षर गरेका छन् । यसलाई आलोचकहरूले रूसमा विचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको अर्को खतरनाक आक्रमणको रूपमा आलोचना गरेका छन् । यस कानूनले ‘अतिवादी सामग्री’ को रूपमा सूचीबद्ध सामग्रीहरू जानीजानी खोजी गरेको…