मोङ्गो (चाड) । अधिकारीहरूले शनिबार एक गोलीकाण्डमा एक सयभन्दा बढी कैदी चाड कारागारबाट भागेको बताएका छन् । सो क्रममा तीन जनाको मृत्यु भएको थियो भने कारागार भ्रमण गर्ने राज्यका गभर्नर घाइते भएका थिए । देशको मध्यमा रहेको मोङ्गो सहरबाट पाँच किलोमिटर टाढाको उच्च सुरक्षा कारागारमा विद्रोह हुँदा शुक्रबार राति उक्त घटना भएको हो । “त्यहाँ…