स्ट्रासबर्ग (फ्रान्स) । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भन डेर लेयनले मङ्गलबार यो हप्ता लागू हुने अमेरिकी करहरूको ‘वार्ता समाधान’ का लागि ब्लकले अझै आशा गरेको तर आवश्यक परेमा जवाफी कारबाही गर्न ‘सबै उपकरण टेबलमा रहेको’ बताएकी छन् । “हामी वार्ताका लागि खुला छौँ”, युरोपेली आयोगका प्रमुखले युरोपेली संसद्को सत्रमा भनिन्, “तर आवश्यक परेमा बदला…