बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरेकाे बेइजिङको सरकारी मिडियाले जनाएको छ । सी र पुटिनले ‘जनवरी २१ को दिउँसो बेइजिङको ग्रेट हल अफ द पिपलमा भिडियो बैठक गर्नुभएको’ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ । प्रसारकले वार्तामा के विषयमा छलफल भयो भन्ने बारे तत्काल विवरण दिएको छैन ।…