श्रीनगर । भारत प्रशासित कश्मीरमा मङ्गलबार विधानसभा निर्वाचनअन्तर्गत तेस्रो एवं अन्तिम चरणको मतदान सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ मा जम्मु–कश्मीरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो । भारत–पाकिस्तानबीच विभाजित रहेको क्षेत्र त्यसबेलादेखि संघीय रूपमा नियुक्त गभर्नरको नियन्त्रणमा रहँदै आएको छ । ३५ वर्षदेखि द्वन्द्वको…