बैङ्कक । थाइल्याण्डको संसद्ले ३७ वर्षीया पेटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पेटोङ्टार्नलाई आफ्नो प्रतिस्थापन उम्मेदवारका रूपमा चयन गरेको थियो । फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय…