काठमाडौं । इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गर्न चीनबाट गोप्य रूपमा खरिद गरिएको जासुसी भू-उपग्रह प्रयोग गरेको सनसनीपूर्ण खुलासा भएको छ। 'फाइनान्सियल टाइम्स'ले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार, इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स'ले सन् २०२४ मा खरिद गरेको चिनियाँ भू-उपग्रहलाई हालैका सैन्य कारबाहीहरूमा रणनीतिक रूपमा प्रयोग गरेको हो। चुहिएका इरानी सैन्य दस्ताबेजहरूलाई उद्धृत गर्दै…