जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोभिड - १९ पोजिटिभ देखिएको छ। उनमा कोभिडका हल्का लक्षणहरू छन्। उनी हाल आइसोलेसनमा रहेका छन् यसअघि जापानको स्थानीय सञ्चारमाध्यमले जापानी प्रधानमन्त्रीलाई शनिबार राति हल्का ज्वरो, खोकी जस्ता सामान्य लक्षणहरू अनुभव गर्न थालेको जनाएको थियो । ६५ वर्षीय जापानी नेता आफ्नो परिवारसँग करिब साता लामो गर्मी बिदामा थिए। यसपछि उनी सोमबार पुनः…