पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा प्रदूषित सहर घोषित भएको छ। वायु गुणस्तर अनुगमनसम्बन्धी स्वीस प्रविधि कम्पनी आईक्युएयरले लाहोर विश्वकै सवैभन्दा प्रदूषित सहर घोषित गरेको हो। बुधबार लाहोरको वायु गुणस्तर सूचांक (एक्यूआई) ३४८ थियो। ३०० भन्दा माथिको एक्यूआईलाई खतरनाक मानिन्छ। पछिल्लो समयमा पाकिस्तानमा वायु प्रदूषण बढ्दो छ। सवारी साधनमा कम गुणस्तरको डिजेलको प्रयोग, मौसमी उब्जनीपछि किसानहरुले खेतबारीमा…