तालिवानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ। तालिबानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो। २५० जना तालिवान सेनालाई तालिम प्रदान गरेपछि हतियार प्रदर्शन गरिएको रक्षा मन्त्रालयका प्रवत्ता इन्यातुल्लाह खवाराजमीले जानाकारी दिए। सैन्य अभ्यासमा अमेरिकामा निर्मित एम ११७ बख्तरबन्द गाडीलाई काबुलका सडकमा गुडाइएको थियो। सो अवसरमा अधिकांश…