नेपाल–भारतबीच जनस्तरबाट भ्रातृत्वको सम्बन्ध प्रगाढ बनाउने उद्देश्य बोकेर भारतीय साइकल यात्री रामप्रसाद नस्कर नेपालगन्ज आइपुगेका छन् । आइतबार नेपालगन्ज आइपुगेका उनी २६ दिन अघि भारतको कलकत्ताबाट साइकल यात्रामा निस्केका हुन् । गत ३० सेप्टेम्बर २०२१ मा भारतको वेस्टबंगाल कलकत्तास्थित शुभाषग्रामबाट नेपाल यात्रा सुरु गरेका उनी पेसाले भूगोलका शिक्षक हुन् । कोरोनाको कारण आह्वान गरिएको लकडाउनले…