केही साता अघिसम्म अफगानिस्तानको पूर्वी सहर जलालाबादका चोकमा मानिसहरुको शव भेटिन्थ्यो। कसैलाई हातखुट्टा काटेर गोली ठोकेर फालिएको हुन्थ्यो भने केहीलाई सडकमै झुन्डाइन्थ्यो। हत्या गरिएकामध्ये धेरैका गोजीमा कागजको एउटा बिटो हुन्थ्यो। अनि त्यहाँ लेखिएको हुन्थ्यो–अतिवादी मुस्लिम समूह आईएसको सदस्यविरुद्ध सरकारलाई गुप्तचर गरेको अभियोगमा भौतिक कारबाही। ती त्रासदीपूर्ण हमलाको जिम्मा कसैले लिँदैनथ्यो। बरु त्यस्ता गैरन्यायिक हत्यामा तालिवानको…