काबुल कब्जा गरेको तीन सातापछि तालिवानले मुल्लाह मोहमद हसन अखुन्दलाई अन्तरिम सरकारका प्रधानमन्त्री घोषणा गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि तालिवान समूहभित्र उनी को हुन भन्ने बारेमा चासो बढेको छ। मुल्लाह अखुन्द तालिवानको निर्णय गर्ने निकाय रहबारी शुरा अर्थात नेतृत्व परिषदका प्रमुख हुन्। २६ सदस्य रहेको रहबारी शुरालाई तालिवानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ।…