गायकबाट नायक बनेका कलाकारहरु (भिडियोसहित)

गायकबाट नायक बनेका कलाकारहरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सिनेमा उद्योग एक त्यस्तो क्षेत्र हो जहाँ प्रवेश गर्न कुनै डिग्रीको आवश्यकता पर्दैन । मात्र अभिनयमा पोख्त भए पुग्छ । अभिनयमा रुचि भएमा र अभिनय गर्न सक्ने क्षमता भएमा के डाक्टर, के ड्राईभर, के शिक्षक त के व्यवसायी हरेकले यस क्षेत्रमा प्रवेश गर्ने अवसर प्राप्त गर्दछन् ।

यही कारणले हुनुपर्छ हरेक वर्ष थुप्रै नयाँ कलाकारहरु आफ्नो भविष्यलाई चम्काउने सपनासहित यस क्षेत्रमा प्रवेश गर्ने गर्छन् । यस प्रक्रियामा कतिपयको एउटै चलचित्रबाट निकै ठूलो प्रगति हुन्छ भने कतिपयको कतिबेला आए र गतिबेला गए अत्तोपत्तो हुँदैन ।

चलचित्रमा अभिनय गर्ने चाहना आम मानिसको हुनु सामान्य विषय नै हो, तर गायन क्षेत्रलाई आफ्नो भविष्य मानेर निरन्तर लागि परेका र गायन क्षेत्रमा राम्रैसँग जमेका गायकहरु पनि चलचित्रमा अभिनय गर्न लालाहित हुने गरेको पाइन्छ । यद्यपि आजसम्म नतिजालाई नजिकबाट नियाल्ने हो भने, जति पनि गायकहरुले चलचित्रमा अभिनयका लागि हामफाले प्रायजसो सबैलाई नै अभिनय भन्दा संगीत नै फापेको देखिन्छ ।

आज हामी तपाईँहरू माझ तिनै गायकहरुको भिडियो रिपोर्ट पस्कदैछौँ, जो, गायकसँगसँगै नायकको पनि उपाधि आफ्नै पोल्टामा डोहोर्याउने प्रयासमा महत्वाकांक्षी सपनासहित चलचित्र क्षेत्रमा प्रवेश गरे । हेरौं यो भिडियोमा :

Logo