अभिनेत्री पुजा शर्माले सिने पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् ।
सुवेदीले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका लागि बोलाउँदा आफुले आउँदिन भनेपछि उक्त टेलिभिजनको कार्यक्रममै ‘दाह्रा निस्केकी महानायिका’ भनेर आफ्नो मानहानी गरेको भन्दै अभिनेत्री शर्माले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।
उनले आफुलाई न्याय दिलाईदिन माग गर्दै कलाकार संघका पदाधिकारीहरुसमक्ष रुँदै गुहार्न पुगेकी हुन् । उनले उक्त उजुरी कलाकार संघका अध्यक्ष रविन्द्र अधिकारीलाई हस्तान्तरण गरेकी छिन् ।
अब उप्रान्त यो विषयलाई एक अर्काको समझदारीमा टुंगाउने अथवा अदालतसम्म पुर्याउने भन्ने निर्णय कलाकार संघको हातमा रहेको छ ।





























प्रतिक्रिया