लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालले आफ्नो नक्सामा समावेश गरेपछी नेपाल र भारतबीच यतिबेला बैचारिक बहस भइरहेको छ। नेपाली जनता र नेपाली सेलिब्रेटीले सरकारको यो निर्णयको खुलेर तारिफ गरिरहेका छन् । भारतसँग जोडिएको नेपाली सिमाना बारे सेलिव्रेटीले आफ्नो अभिव्यक्ति दिने क्रम जारी छ । यसैबीच नायिका केकी अधिकारीले पनि यस बारे आफ्नो भनाई सार्वजनिक गरेकी छिन् ।
सीमाको विषयमा हामी सबै नेपाली एक छौँ । कोही पक्ष अनि विपक्ष छैनौं । हामीसँग स्पष्ट प्रमाणहरु प्रशस्त छन् । हामीले आफ्नै भूमीको विषयमा कसैसङ्ग चर्किन झर्किन आवश्यक त छैन । तर सम्मान स्वरुप हामी प्रमाणसहित वार्ता गर्न तयार छौँ । हामी आफ्नो चिज चाहन्छौँ । अरुकोमा र्याल काड्दैनौँ।
हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहंदा यो नभुलौँ कि हामी नेपाली विश्वभर आफ्नो वीरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ । कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौँ।
हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं । हामी वैमनस्यतामा हैन बिचारमा बिश्वास राख्छौँ। हामी छिमेकीको जमीन हडप्नमा हैन, छिमेकीलाई हाम्रै हडप्न खोजेको जमिनमा स सम्मान चिया नास्ता खुवाएर बिदा गर्नमा विश्वास राख्छौं । भूगोलले सानो भए पनि नेपालीको मन ठूला ठूला देश भन्दा पनि बिशाल छ। नेपाली हो नि!!






























प्रतिक्रिया