नायिका रेखा थापाद्वारा भारतीय हेपाहा प्रवृत्तिको विरोध

नायिका रेखा थापाद्वारा भारतीय हेपाहा प्रवृत्तिको विरोध

केन्द्रबिन्दु
0
Shares

सफल चलचित्रकर्मीको रुपमा परिचित नायिका रेखा थापाले भारतीय हेपाहा प्रवृत्तिको विरोध जनाएकी छन् । नेपालको भूमि अतिक्रमण गर्नेदेखि सिरियल र फिल्मीमा नेपालको मानमर्दन हुने गरी प्रस्तुत गरिएको भन्दै उनले उक्त कार्यको घर भर्त्सना पनि गरेकी छन् ।
‘पातल लोक’ नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरुलाई जुन निच शब्द प्रयोग गरिएको छ, त्यो घोर आपत्ति जनक छ’, आइतबार फेसबुकमा लेखेकी छन्, ‘कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन ।’

फेसबुकमा उनले लेखेकी छन् :

एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भ्रत्सना गर्दछु । पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरी हरुलाई जुन निच शब्द प्रयोग गरिएको छ त्यो घोर आपत्ति जनक छ । त्यती मात्र होइन एस्तो भाषा र हेपाह प्रब्रितीले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ । एसको निर्माण सम्बद्द पक्षले तुरुन्तै माफि मागोस र रेकर्ड बाट हटाइयोस । कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर(घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस् ।

Logo