जन्मदिनमा नायिका श्वेताको सहयोग क्यान्सरपीडितलाई (भिडियोसहित)

जन्मदिनमा नायिका श्वेताको सहयोग क्यान्सरपीडितलाई (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

 

हिजोआज फजुल खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढ्दो छ तर भड्किलो र रवाफिलो जन्मउत्सव मनाउने बर्तमान परिपाटीलाई चिर्दै नायिका श्वेता खड्काले भने क्यान्सर पीडितलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी छिन् ।

निक्कै कम ब्यक्तिलाई हुने ‘टी लिम्फोब्लाष्टिक लिम्फोमा’ क्यान्सरबाट पीडित खजुरा, बाँकेकी २४ बर्षिया दिना परीयारलाई टिचिङ्ग अस्पातलमै पुगेर नायिका खड्काले ५० हजार सहयोग गरेकी छिन् । ‘म आर्थिक सहयोग गर्नु भन्दा पनि दिना बहिनीलाई आँट, हिम्मत र साहस दिन आएकी हुँ ‘ श्वेताले भनिन् ।

क्यान्सरकै कारण ५ बर्ष अगाडि आफ्ना पति श्रीकृष्ण श्रेष्ठलाई गुमाउनु परेको दुखद क्षणलाई सम्झदै नायिका खड्काले भनिन् , ‘क्यान्सरले मेरो खुशी खोसेको छ त्यसैले यो रोगलाई म मेरो शत्रुको रुपमा लिन्छु ।’ भावुक हुँदै उनले थपिन् , ‘यो रोगले मेरो जीवनसाथी मात्र होइन भिनाजुलाई समेत मृत्‍युको काखमा पुर्‍याएको छ ।’ क्यान्सर रोगका कारण आफ्नो जीवनमा अपुरणीय क्षती भएको बताउँदै श्वेताले आफू क्यान्सर अस्पताल निर्माणको कार्यमा जुटेको समेत जानकारी दिईन् । जावलाखेलमा रहेको नेशनल क्यान्सर अस्पतालमा आवद्द भएर सोही अस्पताललाई बिस्तार गर्न लागेको जानकारी दिदै श्वेताले भनिन् , ‘आर्थिक अभावमा क्यान्सरको उपचार गराउन नसकेकाहरुको लागि मेरो अस्पतालले सेवा दिनेछ।’ हेरौं यो भिडियोमा :

Logo