उपराष्ट्रपतिलाई पर्यटनमन्त्रीको निमन्त्रणा

उपराष्ट्रपतिलाई पर्यटनमन्त्रीको निमन्त्रणा


काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागिताका लागि निमन्त्रणा दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले विहिबार उपराष्ट्रपति कार्यालयमा पुगेर भ्रमण वर्षको निमन्त्रणा दिएका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । पर्यटनमन्त्रीका साथ मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्छुनारायण श्रेष्ठलगायत उपराष्ट्रपति कार्यालयमा पुगेका थिए ।

भ्रमण वर्षको उद्घाटन सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) दशरथ रङ्गशालामा भव्य समारोहका बीच हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

Logo