स्वस्तिमाको प्रश्न-‘बुहारी भन्ने बित्तिकै भान्सामै काम गर्नु पर्छ र ?’ (भिडियो)

स्वस्तिमाको प्रश्न-‘बुहारी भन्ने बित्तिकै भान्सामै काम गर्नु पर्छ र ?’ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समयकी चर्चित र व्यस्त नायिकामा पर्छिन् स्वस्तिमा खड्का । चलचित्र बुलबुलमा उनले जीवन्त अभिनय निभाएपछि उनलाई अहिले चलचित्रको कुनै कमी छैन ।

तर उनलाई चर्चित सँगसँगै छुच्ची र घमण्डी नायिकाको रुपमा पनि लिईने गरिन्छ । वास्तवमा आफ्नो मनमा लागेका कुरा बीना कुनै डर र बीना कुनै संकोच भनिहाल्ने उनको प्रवृत्तीले गर्दा नै उनलाई घमण्डीको संज्ञा दिईएको हो ।

यस्तैमा एक कार्यक्रममा साेधिएको एउटा प्रश्नमा भने स्वस्तिमा आक्रोशित भएकी छिन् । अनलाईन सपिङ एप मुकुण्डोको ब्राण्ड एम्बासडरमा स्वस्तिमा अनुबन्धित भएपछि पत्रकारले तपाईँ त बुहारी मान्छे भान्साको सामान कत्तिको सपिङ गर्नुहुन्छ ? भन्ने प्रश्नमा आक्रोशित हुँदै भान्साको काम बुहारीले मात्र गर्ने हो र ? बुहारी भन्ने बित्तिकै भान्सामै काम गर्नुपर्छ र ? भन्दै उनी पत्रकारमाथि खनिएकी थिइन् । हेर्नुहोस् भिडियोमा –

 

Logo