अभिनेत्री वर्षा सिवाकोटी स्किन हस्पिटलको सिइओमा नियुक्त

अभिनेत्री वर्षा सिवाकोटी स्किन हस्पिटलको सिइओमा नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अभिनेत्री वर्षा सिवाकोटी ‘नेपाल मेडिसिटी हस्पिटल’ अन्तर्गतको स्किन सिटीको सिइओ बनेकी छिन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफू स्किन हस्पिटलको सिइओमा नियुक्त भएको बताएकी हुन् ।

‘अभिनयसँगै आफ्नो पाइला व्यवसायिकतामा पनि अगाडि बढाएको जानकारी गराउन चाहन्छु । स्किन हस्पिटलमा मेरो पनि केहि शेयर रहेको बताउन चाहन्छु । आशा छ अभिनयमा जस्तै व्यापारमा पनि सबैको साथ र सहयोग रहनेछ ।’ उनले भनेकी छिन् ।

ललितपुरको भैंसेपाटीमा अवस्थित स्किन सिटी हस्पिटल छाला, कपाल तथा नङसँग सम्बन्धित समस्याको उपचार हुने हस्पिटल हो । यस हस्पिटलका शाखाहरु काठमाडौंका विभिन्न स्थानमा विस्तार गरिदै लैजाने वर्षाले जानकारी दिइन् ।

Logo