शाहरुखले बाथरुममा बनाएका थिए ओम शान्ति ओमको प्रमोसन योजना

शाहरुखले बाथरुममा बनाएका थिए ओम शान्ति ओमको प्रमोसन योजना

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । निर्देशक फराह खानको निर्देशनमा निर्माण भएको फिल्म ‘ओम शान्ति ओम’ सन् २००७ को सुपरहिट फिल्म हो। शाहरुख खान स्टारर फिल्मबाट अभिनेत्री दीपिका पादुकोणले बलिउडमा डेब्यू गरेकी थिइन्।

यो फिल्मको संवाद र गीत अहिले पनि उत्तिकै चर्चित छ। रोचक कुरा के छ भने यो फिल्मलाई हिट बनाउनका लागि अभिनेता शाहरुखले बाथरुममा बसेर योजना बनाएका थिए।

फिल्ममा शाहरुखको मिल्ने साथीको भूमिका अभिनेता श्रेयल तलपडेले निर्वाह गरेका थिए। हालै एक अन्तरवार्तामा उनले कसरी लण्डनको एक होटलमा शाहरुखले श्रेयससँग मिलेर फिल्मको प्रमोसनको रणनीति बनाएका थिए भन्ने खुलाएका छन्।

श्रेयसका अनुसार फिल्मको प्रमोसनका लागि उनी, दीपिका र शाहरुख लण्डन पुगेका थिए। होटलको एक कोठामा दीपिका अन्तरवार्ता दिइरहकी थिइन् भने शाहरुख र श्रेयस बाथरुममा बसेर प्रमोशनको रणनीति तयार पारिरहेका थिए।

किनकी सोही दिन बेलुका प्रिमियरमा जानु पर्ने थियो। त्यहीकारण शाहरुख बाथरुमको पटमा प्रिमियरमा कसरी प्रस्तुत हुने सोचिरहेका थिए। ‘शाहरुख बाथरुमको पटमा थिए। म टबमा थिएँ। शाहरुखले रेडकार्पेटमा गएर कसरी नृत्य गर्ने भन्ने योजना बनाएका थिए। त्यो समयमा प्रमोसनको योजना बनाएर दीपिकालाई पर्खिरहेका थियौं’, उनले भनेका छन्।

उनले अगाडि भनेका छन्, ‘शाहरुख राती १०-३० देखि ११ बजेसम्म मेरो कोठामा आए। त्यो बेला दीपिका सुत्न जाने तयारीमा थिइन्। मलाई लाग्यो कि रुम सर्विसवाला पानीको बोतल दिन आयो। जब मैले ढोका खोले, तब मलाई अरु कोही होला भन्ने सोच्न समय लाग्यो। ‘बाहिर नै उभ्याउने हो ?’ शाहरुखले मलाई भनेपछि ‘सरी यार। म त अरु कोही होला भन्ने सोचिरहेको थिएँ।’

श्रेयसका अनुसार शाहरुख भित्र बस्ने बित्तिकै शाहरुखले भोलिको चार्ट तयार पारे। ‘मानिसहरु सोच्दा हुन् कि शाहरुखको पीआर टिमले प्रमोसनको योजना बनाउँछ। तर यो गलत हो। किनकी सबै उनी नै गर्छन् र आफ्ना कलाकारलाई प्रमोसनको योजना सुनाउँछन्,’ श्रेयस भन्छन्।

Logo