सुहानाको २१ औं जन्मदिनमा ‘ए मेरो हजुर ३’ को सक्सेस पार्टी (भिडियोमा)

सुहानाको २१ औं जन्मदिनमा ‘ए मेरो हजुर ३’ को सक्सेस पार्टी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

बुधबार डेब्यु गर्ल सुहाना थापाको २१ औं जन्मदिनको अवसर पारी काठमाडौंमा एक कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा नायिका सुहाना थापाको जन्मदिनको साथसाथै चलचित्र ‘ए मेरो हजुर ३’ को सक्सेस पार्टी समेत मनाइएको थियो । कार्यक्रममा अनमोल केसी, सुहाना थापा, झरना थापा, सुनिल कुमार थापा, सलोन बस्नेत, दिपाश्री निरौला, निर्मल शर्मा, प्रताप दास लगायतको उपस्थिति रहेको थियो ।

चलचित्र ‘छक्का पञ्जा ३’ पछि चलचित्र ‘ए मेरो हजुर ३’ ले सर्वाधिक ग्रस कलेक्सन गर्न सफल भएको छ । चैत्र २९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ ले प्रदर्शनको पाचौं सातासम्म आईपुग्दा बक्स अफिसमा करिब ९ करोडको ग्रस कलेक्सन गरेको बताइएको छ ।

आफ्नै होम प्रोडक्सनमा बनेको यस चलचित्र मार्फत सुहानाले नेपाली रजतपटमा डेब्यु गरेकी हुन् । झरना थापा निर्देशत ‘ए मेरो हजुर ३’ मा सुहाना थापा र अनमोल केसीले एउटै स्क्रिन शेयर गरेका छन् । अनमोल र सुहानाको केमेस्ट्रीलाई दर्शकहरुले निकै रुचाएसँगै उनीहरु एउटै पर्दामा पुनः देखिनुपर्छ भन्ने डिमान्ट बढ्न थालेको छ । कार्यक्रममा गायक प्रताप दासले गीत गाउँदा अनमोल र सुहानाले नृत्य प्रस्तुत गरेका थिए ।

Logo