काठमाडौँ । चलचित्र ‘माइली’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान भद्रकाली मन्दिरमा चलचित्र माइलीको शुभमुहूर्त गरिएको हो ।
चलचित्र माइलीको कथामा महिलाहरूलाई प्राथमिकता दिइएको कलाकार प्रियंका कार्कीले बताइन् । उनले चलचित्रले देशको अहिलेको अवस्था जे छ त्यसलाई चत्रचित्रमा देखाइने बताइन् । उनले गाँउघरतिर महिलाहरूले भोग्नु परेका दुःखका आधारमा चलचित्र बन्न लागेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा ’माइली’मा देखाइनेछ । चलचित्र माइलीमा विशेषगरी महिला पात्रहरूलाई देख्नुहुनेछ । कथा चाहिँ अहिले देशको जुन अवस्था छ र गाउँघरतिर महिलाहरूले भोग्नुपरेका समस्या चलचित्रमा देखाइने छ ।’
चलचित्र बाबुसाहेब बलामीको कन्सेप्ट र निर्देशनमा बन्न लागेको हो । शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाइँको संगीत रहने यस चलिचत्रमा प्रियंका कार्की, करिश्मा मानन्धरलगायत विभिन्न कलाकारहरूको अभिनय रहने छ ।





























प्रतिक्रिया