काठमाडौँ । अभिनेताद्वय विजय बराल र प्रकाश सपूत अभिनित चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले भिडियो प्रतियोगिता गर्ने भएको छ ।
चलचित्रको निर्माण टिमले ‘मेरो बाको संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र महत्त्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो ।
प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरूले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडियो बनाएर पठाउनुपर्नेछ । साथै, भिडियाे सामाजिक सञ्जालमा पोस्ट गर्दा अनिवार्य रूपमा #PURNABAHADURKOSARANGI, #KARTIK15, #7SEASCINEMA, #MEROBAKOSANGARSHA, #VIDEOCOMPETITION साथै fb.com/7seascinema अथवा fb.com/7seasentertainment लाई ट्याग गर्नुपर्नेछ । सहभागीहरूले आफूले बनाएको भिडियो आफूलाई सहज लाग्ने माध्यम जस्तैः छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी र मनोवाद आदिबाट प्रस्तुत गर्न सक्नेछन् ।
सहभागीले अधिकतम ३ मिनेटसम्मको भिडियो बनाइ [email protected] मा पठाउनुपर्नेछ । साथै, सहभागीहरूले भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दा अनिवार्य रूपमा ट्याग गर्नुपर्नेछ ।
सामाजिक सञ्जालमा आफूले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट शेयर गर्दा आफ्नो बुवालाई अनि परिवारलाई पनि मेन्सन गर्नुपर्नेछ । प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरू अन्तिम चयन र विजेताका लागि लागू हुनेछ ।
विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने चलचित्र निर्माण टिमले जनाएको छ । यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नगद पुरस्कारबाहेक उत्कृष्ट भिडियो बनाएर पठाउने २० जनाले चलचित्रको २र२ वटा टिकट फ्री पाउनेछन् । सहभागीहरूले भिडियो कार्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदै छ । चलचित्रमा विजय र प्रकाशका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । चलचित्रलाई नेपाल र अन्तरराष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।
प्रतिक्रिया