ओस्कर पार्टीमा प्रियंका चोपडा र निक जोनस जबरजस्त लुक्समा देखिए । वालिस एनेबर्ग सेन्टर फर द परफमिङ आर्टसमा भ्योनटी फेयरले पार्टीको आयोजना गरेको थियो । भ्योनटी पार्टीमा प्रियंका एली साब कोचरको ब्ल्याक ड्रेसमा आइन् भने निक नेवी ब्लयू सुट र बो टाईमा देखिए । दुवैको तस्बिर उनीहरुको प्रशंसकहरुले पनि धेरै रुचाएका थिए ।
दुवैले रोमान्टिक मूडमा मिडियालाई तस्बिर खिचाए । दुवैको तस्बिर सोसल मिडियामा भाइरल नै भयो । तस्बिरमा दुवै क्युट देखिएका छन् । निकले केहि तस्बिर इन्स्ट्राग्राममा पनि सेयर गरेका छन् । तस्बिर सेयर गर्दै निकले लेखेका छन्, ‘सि मेक्स मी स्माइल’ प्रियंकाले पनि तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘फन्निएस्ट गाइ आई नो’ । प्रियंका र निक दुवैको लागि यो पार्टी विशेष थियो किनभने उनीहरुको पहिलो भेट २०१७ को ओस्कर पार्टीको क्रममा नै भएको थियो ।
पहिलो भेटमा आफ्नो ड्रिङ्स भुँइमा राखेर प्रियंकालाई हेरेका थिए । केहि बेरपछि घुंडा टेकेर प्रिंयकालाई भनेका थिए कि ‘के तपाई साँच्चै हुनुहुन्छ ? यदि साँच्चै हुनुहुन्छ भने अहिलेसम्म कहाँ हुनुहुन्थ्यो ?’ जब उनले यो सब कुरा भनिरहेका थिए । त्यहाँ धेरै मानिसहरु थिए ।

पहिलो भेटलाई याद गर्दै निकले त्यो बेला उनीहरु बिच किस नभएको पनि खुलाएका छन् । त्यसको केहि महिनापछि दुवै मेट गालामा रेड कार्पेटमा देखिए । त्यतिबेलासम्म दुवैको टेक्स्ट म्यासेजबाट अलि अलि कुरा हुन थालेको थियो ।
अहिले उनीहरुको सम्बन्ध बिबाहमा परिणत भइसकेको छ । उनीहरु दुवैले सोसल मिडियामा एकअर्का प्रति प्रेम दर्शाउदै तस्बिरहरु पोस्ट गर्दै आएका छन् ।






























प्रतिक्रिया