बलिउड अभिनेता इमरान हाशमीका ९ वर्षिय छोरा अयान पछिल्लो ५ वर्ष देखि क्यान्सरबाट पिडित थिए । अन्ततः अयान क्यान्सबाट मुक्त भएको खबर इमरानले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
इमरानले सामाजिक सञ्जाल इन्स्टाग्राममा अयानको र उनको हाँस्दै गरेको तस्विर सार्वजनिक गर्दै एउटा क्याप्सन समेत लेखेका छन् । उनले लेखेका छन्, ‘आज ५ वर्षपछि अयान क्यान्सबाट मुक्त भएको छ । यो एकदमै मौन यात्रा थियो । तपाइहरु सबैको शुभकामना, माया र प्रार्थनाको लागि धेरै धेरै धन्यवाद । क्यान्सरसँग लडिरहनु भएको सम्पूर्णलाई माया र आर्शिवाद छ । यो तपाईहरुको एक्लो लडाई हो, आशा र विश्वासले गर्दा अवश्य पनि एकदिन क्यान्सलाई जित्न सकिन्छ ।’

साथै उनले यो स्टाटस मार्फत आफ्नो नयाँ पुस्तकको नाम समेत सार्वजनिक गरेका छन् । उक्त किताबको नाम ‘द किस अफ लाइफ’ रहेको छ । क्यान्सरको बारेमा जनचेतना फैलाउने उद्देश्यले उनले उक्त किताब लेखेका हुन् ।
साथै कसरी सुपर हिरो अर्थात मेरो छोरा क्यान्सर जस्तो भयानक रोगसँग लड्यो भन्ने कुरा इमरानले ‘द किस अफ लाइफ’ मा उल्लेख गरेका छन् ।
आयानको जन्म २०१० मा भएको थियो । आयान इमरान र उनकी पत्नी परवीन शाहनीको पहिलो सन्तान हुन् । ४ वर्षबाटै आयान क्यान्सरबाट पिडित भएका थिए ।





























प्रतिक्रिया