काठमाडौं । लक्ष्मण लिम्बु र सीता सिङ्क लिम्बुको आवाजमा रहेको रोमान्टिक नेपाली गीत’न सताउ मलाई’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
यो गीतले प्रेमभावका गहिरा र मधुर पलहरूलाई उजागर गर्दछ। गीतको शब्द लेखु सहयात्री र संगीत कमल रसाइलीले गरेका छन्। गीतलाई विशेष बनाउने क्रममा एरेञ्जमेन्ट देवेश राईले गरेका छन् । भिडियोमा कलाकार मिलन शंकर र अनिमा विश्वकर्माको सशक्त अभिनय देख्न सकिन्छ। सिक्लेश गाउँको मनोरम दृश्यहरूले सजिएको यो भिडियो बिशाल थापाले छायांकन गरेका हुन् ।
मेकअपमा सृष्टि थापा रहेको भिडियोका सहायक निर्देशक सुनिल बुढाथोकी र प्रोडक्सन कन्ट्रोलर विक्रम तामाङ हुन । यस भिडियोका निर्देशक दिलिप समन हुन, भने गीत लाई समीप इन्टरटेन्मेन्ट युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।





























प्रतिक्रिया