चलचित्र ‘चौका दाउ’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । उक्त चलचित्रमा नायिका वर्षा राउत, विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयब शाह, निर्मल शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
कमेडी जनारामा निर्माण भएको चलचित्रलाई पूर्णेन्द्र झाले निर्देशन गरेका छन् । सार्वजनिक ट्रेलरमा ४ पुरुष एक महिलाको प्रेमको पछाडी दौडिएको देख्न सकिन्छ । केहि समय अघि यो चलचित्रको गीत र पोष्टर सार्वजनिक भएको थियो ।
चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरेका हुन् । यो चलचित्र पौष २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।





























प्रतिक्रिया