बिग बि अमिताभ बच्चन र आमिर खान स्टार फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ दीपावलीको अवसर पारेर ८ नोभेम्बरमा रिलिज भएको हो । "/>

‘ठग्स अफ हिन्दोस्तान’ को व्यापार घट्दै

‘ठग्स अफ हिन्दोस्तान’ को व्यापार घट्दै

केन्द्रबिन्दु
0
Shares

बिग बि अमिताभ बच्चन र आमिर खान स्टार फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ दीपावलीको अवसर पारेर ८ नोभेम्बरमा रिलिज भएको हो । ‘ठग्स अफ हिन्दोस्तान’ ले बलिउडमा सबै फिल्म ओपनिङको रेकर्ड तोड्यो ।

फिल्मले सुरुको दिनमा ५२ करोड २५ लाख कमाएर नयाँ रेकर्ड बनाएको हो । तर यो फिल्म प्रति दर्शकको मोह घट्दो क्रममा रहेको छ । पहिलो दिन ५२ करोड कमाएको फिल्मले दोस्रो दिन २८ करोड कमायो । त्यसैगरी तेस्रो दिनमा झन व्यापार खस्केको छ । तेस्रो दिन सम्म आइपुग्दा यो फिल्मले २३ करोड मात्र कलेक्सन गरेको छ ।

यो फिल्मलाई आमिरको लाइफ टाइमकै झुर फिल्मको रुपमा लिइएको छ । लगभग २५० करोडमा बनेको फिल्मलाई बक्स अफिसमा सय करोड जम्मा गर्न समेत मुस्किल परेको छ । यस फिल्ममा अमिताभ बच्चन, आमिर खान, कट्रिना कैफ, फातिमा सना शेख लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Logo