चलचित्र ‘प्रसाद’ को गीत ‘लै लै’ले ब्यापक चर्चा पाएसँग चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । नेपालको चर्चित रियालिटी सो ‘नेपाल आइडल सिजन २’ मार्फत यस चलचित्रको टे«लर सार्वजनिक गरिएको हो ।
चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सुभाष थापाले लगानी गरेका छन् । विपिन कार्की, निश्चल बस्नेत, नम्रता कार्कीको मुख्य भुमिकामा रहेको यो चलचित्रमा बसुन्धरा भुषाल, बिनोद भट्टराई, प्रकाश गन्धर्व, लोकमनी सावकोटा, भोला शाह लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।
निःसन्तान दम्पतीले भोग्नु परेको पीडालाई यस चलचित्रले समेटेको छ । सुसिल पौडेलले लेखेको यस चलचित्रमा लोकेश बज्रचार्यको सम्पादन रहेको छ । यो चलचित्र यहि मंसिर २१ गतेबाट देशभर प्रर्दशन हुदैँछ ।





























प्रतिक्रिया