हाँस्य कलाकार जितु नेपाल अभिनित चलचित्र ‘छक्का पञ्जा ३’ घटस्थापनाबाट प्रर्दशनमा आएको हो । यो चलचित्रले करोडौंको कारोबर गरेसँगै चाडै नै उनले नेपाल टेलिभिजनमा कमेडी रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ लिएर दर्शक माझ आउने भएका छन ।
सानो पर्दाको टेलिसिरियल‘जिरे खुसार्नी’ मा मुन्द्रे नामक उनको भुमिकालाई दर्शकले निकै रुचाए । दर्शक माझ उनी मुन्द्रेको नामले चिनिने गर्छन । मुन्द्रेको कमेडी क्लब कार्तिक १९ गते बाट हरेक सोमबार राती ९ बजे प्रसारण हुने बताइएको छ ।
यस कार्यक्रममा अन्य हाँस्य कलाकार दीपाश्री निरौला, राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई लगायतको पनि सहभागिता रहनेछ । चलचित्र छक्का पञ्जा ३ ले बजार तताएसँगै उनी कमेडी रियालीटी सो लिएर दर्शक माझ आउने भएका हुन ।





























प्रतिक्रिया