एजेन्सी । आलिया भट्ट यो कुराले निकै उत्साहित छिन् कि उनको बुवाले लामो समयको अन्तराल पछि फेरि फिल्म बनाउने निर्णय लिएका छन् । उनले फिल्म ‘सडक २’ को निर्देशन गर्ने भएका छन् जसमा आलिया भट्टले पनि अभिनय गर्नेछिन् ।
आलिया यस फिल्ममा बिना पारिश्रमिक काम गर्न चाहन्छिन् । आलिया आफ्नो बुवाले निर्देशन गरेको फिल्ममा काम गर्ने मौका पाउँदा निकै खुसी पनि भएकी छिन् । बुबा महेस भट्टसँग काम गर्ने एउटा सपना थियो जुन अब पूरा हुँदैछ, आलियाले भनिन् ।
आलियाले यस फिल्ममा काम गर्दा पारिश्रमिक नलिने घोषणा गरेकी छिन् तर महेस भट्ट यो कुरालाई लिएर सहमत छैनन् । उनले आलियालाई पारिश्रमिक दिने बताएका छन् । सडक २ मा पूजा भट्ट र संजय दतको पनि अभिनय रहनेछ ।





























प्रतिक्रिया