छक्का पञ्जा तिन, फुलपातीको दिन

छक्का पञ्जा तिन, फुलपातीको दिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ मंसिर । छक्का पञ्जा २ ले आफ्नो ५१ औं दिन भब्य रुपमा मनाएको छ ।

नेपाली चलचित्रको क्षेत्रमा आम्दानी र सफलताको दृष्टिकोणले कोशेढुंगा मानिएको यो चलचित्रले यसपटक केही नयाँ राष्ट्रिय किर्तिमान्हरु पनि कायम गरेको छ ।

नेपालका ४ वटा हलहरुमा ५१ औं दिन चल्न सफल भएको यो चलचित्रले फष्ट डेको ओपनिङमा सर्वाधिक आम्दानी गर्ने चलचित्र भएको थियो । यसैगरी यो चलचित्र दोस्रो दिन पनि सर्वाधिक आम्दानी गर्ने र पहिलो साता भर पनि सर्वाधिक आम्दानी गर्ने चलचित्र भएको थियो । चलचित्रका निर्माता मध्येका एक दिपकराज गिरीका अनुसार यो चलचित्रले नेपाली चलचित्रहरुमा सबैभन्दा चाँडै १० करोड आम्दानी गरेको थियो ।

चलचित्रको ५१ औं दिन पुगेको कार्यक्रममा नेपाली चलचित्रका विभिन्न सेलिब्रेटीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । चलचित्रकी निर्देशक दिपाश्री निरौलाका अनुसार छक्का पञ्जाको सिक्वेललाई आम दर्शकले मनपराउनु भएको कारण यही टिमले छक्का पञ्जा तिन पनि बनाउने घोषणा गरेको छ । निर्देशक निरौलाका अनुसार अहिले बजारमा छक्का पञ्जा तिन फुलपातीको दिन भन्ने भनाई लोकप्रिय भएको बताईन् ।

छक्का पञ्जा दुईको ५१ औं दिनको भिडियो हेर्नुहोस्

 

Skip This
Logo