नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको दोस्रो दिन शुक्रबार चलचित्र उद्योगमार्फत नेपालमा रोजगारीको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तर्क्रिया सम्पन्न भएको छ। भर्चुअल कार्यक्रममा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे चलचित्र जगतका हस्तीसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (निफ) का अध्यक्ष केपी पाठकले बताए।
कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यले सरकारले चलचित्र क्षेत्रमा बौद्धिक चोरीको संरक्षण गर्नुपर्ने बताउँदै यस क्षेत्रमा काम गर्नेहरुका लागि उचित बीमाको व्यवस्था गर्न आग्रह गरे।
कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको सिर्जना, जनशक्तिको विकास कसरी गर्नेलगायत विषयमा गहन अध्ययनबिना सुरु भएको उद्योगले थोरै मात्रामा भए पनि चलचित्र जगतमा श्रमशक्ति स्थापित गर्न सफल भएको बताए।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीलाई दक्ष बनाउन र विश्व बजारमा प्रतिस्पर्धा गर्न चलचित्र शिक्षालाई व्यवसायिक बनाउन जरुरी रहेको बताए । महोत्सव वैशाख २७ गतेसम्म चल्ने छ।





























प्रतिक्रिया