निफ्फ अवार्ड : लिम्बु चलचित्र ‘के’ले जित्याे बेस्ट स्टोरी अवार्ड

निफ्फ अवार्ड : लिम्बु चलचित्र ‘के’ले जित्याे बेस्ट स्टोरी अवार्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्डमा लिम्बु चलचित्र "के" ले बेस्ट स्टोरी अवार्ड हात पारेको छ। अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सात वटा चलचित्र मध्ये लिम्बू भाषाको चलचित्र के ले बेस्ट स्टोरी अवार्ड जितेको हो।

 नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए।

अवार्ड वितरण समारोहमा विभिन्न १० विधामा पुरस्कार वितरण गरेको थियो। सो क्रममा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ट्याङचालककी नायिका तिला मगरले अवार्ड जितेकी छिन् भने नेवारी चलचित्र जा मन गुभाजुले उत्कृष्ट चलचित्र, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाङ्कन र दर्शक रोजाइको पुरस्कार जितेको छ। यसैगरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट भेसभुसा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट सङ्गीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन्।

२७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेसभुसा, संस्कृतिको संरक्षण र संवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरेको बताइएको छ। अवार्ड वितरण समारोहमा युवाहरूको संगीतिक ढुकढुकी गायकद्वय राजु लामा र जगदिस समालले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरी मध्य रातिमा पनि दर्शकहरूलाई मनोरञ्जन दिएका थिए। यस्तै विभिन्न आदिवासी समुदायका सांस्कृतिक झल्किने गीत र नृत्यहरू समेत प्रस्तुत गरेका थिए।

Logo