वर्षा र राज भन्छन्, ‘उमेर पुगेका केटाकेटीबीचमा बिहे हुँदैन भन्न सकिन्न’ (भिडियो)

वर्षा र राज भन्छन्, ‘उमेर पुगेका केटाकेटीबीचमा बिहे हुँदैन भन्न सकिन्न’ (भिडियो)


कलाकारद्वय वर्षा सिवाकोटी र राज कटुवालको जोडी पछिल्ला दिनहरुमा चर्चामा छ।उनीहरु अभिनयमा मात्र नभएर प्रेममा पनि रहेका समाचारहरु बाहिरिएपछि चर्चामा आएका हुन्। पछिल्लो पटक उनीहरुले अभिनय गरेको गीत ‘म यस्तो गीत गाउँछु’ले पनि यतिबेला दर्शकश्रोताको माया पाएको छ। 

गायक सुगम पोखरेल र गायिक सुष्मा विश्वकर्माको आवाजमा नयाँ गीत ‘म यस्तो गीत गाउँछु’ सार्वजनिक गरिएको हो। 

गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेको जोडी वर्षा सिवाकोटी र राज कटुवालको अभिनय रहेको छ। चितवनको सौरहा आसपासमा छायांकन गरिएको गीतको भिडियोमा वर्षा र राजलाई एक प्रेमिल जोडीका रुपमा पनि प्रस्तुत गरिएको छ।

सार्वजनिक गीत र तयार भिडियोका बारेमा प्रतिक्रिया दिँदै कलाकारद्वय राज र वर्षाले मिहेनत अनुसार उत्कृष्ट बनेको र दर्शक स्रोताको साथ र सहयोग हुनेमा विश्वास व्यक्त गरेका छन्। 

केन्द्रविन्दुसँग कुरा गर्दै उनीहरूले यो जोडीको कामका बारेमा खुलेर प्रतिक्रिया दिन र आगामी सहयात्राका लागि सहयोग गरिदिन पनि आम दर्शकमाझ अपिल गरेका छन्। 

सत्यराज चौलागाईंका प्रेमिल शब्दमा रहेको ‘म यस्तो गीत गाउँछु’ बोलको गीतमा सरोज पोखरेलको संगीत सुन्न सकिन्छ। सौरभ लामाको छायांकनमा तयार गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। 

हामीले यसपटक यस गीत र पछिल्ला फिल्म गतिविधीहरुमा केन्द्रीत रहेर कुराकानी गरेका छौं। केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले कलाकार वर्षा सिवाकोटी र राज कटुवालसँग गरेको संवाद यो भिडियोमा:

 

Logo