काठमाडौं ।
विगत ६ महिनादेखि कोभिड १९ का कारण थलिएको चलचित्र क्षेत्र अहिले विस्तारै तङ्ग्रिन थालेको छ । नेपालमा लकडाउन सुरु भएपछि चलचित्रको निर्माण र प्रदर्शन शुन्य बनेकोमा सोमबार चलचित्र ‘हिँड्दा–हिँड्दै’को शुभ मुर्हत गरिएको छ । शुभ मुर्हत भएसँगै उक्त चलचित्र लकडाउनपछि घोषणा गरिएको पहिलो चलचित्र समेत बनेको छ ।
चलचित्र ‘हिँड्दा–हिँड्दै’ नारायण शुसिल पंगेनी इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमार्फत निर्माण हुन लागेको हो । जसको मुख्य कलाकारहरुमा अभिनेताद्वय आकाश श्रेष्ठ, सलोन बस्नेत र नवअभिनेत्री रेखा शाह अनुबन्धित भएका छन् ।
दिल लामा, राजकुमार थिङ, र पारस गुरुङको लगानीमा बन्न लागेको उक्त चलचित्रलाई सुशील पंगेनीले लेखेका छन् । चलचित्रका गितहरुमा बसन्त सापकोटाको संगित रहनेछ भने कविराज गहतराजको कोरियोग्राफी रहनेछ । त्यस्तै चलचित्रमा मिलन आलेमगरको निर्देशन, सुमन कुमार तन्डुकारको छायाँकन र देव महर्जनको द्वन्द्व रहनेछ ।
सरकारले खाद्यान्न लगायत विभिन्न अत्यावश्यक क्षेत्रहरु खोल्न अनुमति दिए पनि चलचित्र क्षेत्र भने सन्चालन गर्न दिएको छैन । जसकारण चलचित्रको शुभ मुर्हत अहिले भए पनि छायांकनको लागि फ्लोरमा भने नेपाल सरकारबाट नयाँ निर्देशन प्राप्त भएपछि मात्र जाने निर्माण पक्षले जानकारी दिएको छ । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया