काठमाडौं ।
हाँस्य कलाकार विल्सनविक्रम राई तक्मेबुढाले नेपाल सरकारबाट तक्मा पाएका छन् । उनलाई कीर्तिमय राष्ट्रदिप (चतुर्थ) प्रदान गरेको हो ।
संविधान दिवसको अवसरमा प्रत्येक वर्ष सरकारले विभिन्न विधामा ख्याती कमाएका व्यक्तिलाई कीर्तिमय राष्ट्रदिप प्रदान गर्ने गरेको छ ।
यस वर्ष पनि राईसहित आठ जनालाई सो पदक प्रदान गरिने सरकारले निर्णय गरेको छ । यस अघि राई प्रबल जनसेवा श्री चौथो पदकबाट विभूषित भएका थिए ।
नेपाली हाँस्य व्यङ्ग्य क्षेत्रमा तक्मे बुढा उपनामले परिचित ३४ वर्षीय उनी बिर्तामोडका स्थायी बासिन्दा हुन् ।





























प्रतिक्रिया