अभिनेत्री नयनतारा र निर्माता विग्नेश शिवनल भोलि विवाह बन्धनमा बाँधिदै

अभिनेत्री नयनतारा र निर्माता विग्नेश शिवनल भोलि विवाह बन्धनमा बाँधिदै


साउथकी सुपरस्टार अभिनेत्री नयनतारा र चलचित्र निर्माता विग्नेश शिवनले लामो समय एकअर्कालाई डेट गरेपछि विवाह गर्ने निर्णय गरेका छन्। दुवै जना यही जुन ९ (भोलि) मा विवाह गर्ने तयारीमा छन्।

नयनतारा र विग्नेश शिवनको विवाह समारोह महाबलीपुरमको शेराटन पार्कमा हुनेछ। यो विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुने बताइएको छ। 

अहिले उनीहरुको विवाहको निम्तोको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। यो भिडियो उनका एक फ्यानले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका छन्। भिडियो निमन्त्रणाले ग्राफिक्सको मद्दतले एक जोडीलाई भित्री भागमा प्रवेश गर्दै गरेको देखाउँछ।

दुबैको विवाह समारोहको स्थान र परिवारिक नाम पनि देखिन्छ । यस भाइरल भिडियोका अनुसार नयनतारा र शिवनको विवाह चेन्नई नजिकै महाबलीपुरमको शेराटन पार्कमा हुनेछ । उनीहरुको विवाहको खबरलाई फिल्ममेकरले जुन ७ मा औपचारिकरुपमा पुष्टि गरेका थिए।एजेन्सी

Logo