अभिलेख संरक्षण परम्परागत भयो, आधुनिक तरिकाले गरौं: पर्यटनमन्त्री

अभिलेख संरक्षण परम्परागत भयो, आधुनिक तरिकाले गरौं: पर्यटनमन्त्री

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । पर्यटन समितिमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको हो ।

बैठकमा सस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण ऐन,२०४६ पुरानो र परम्परागत तरिकाको भएकाले नयाँ र आधुनिक तरिकाले अभिलेखको संरक्षणको व्यवस्था आवश्यक रहेको बताए । दुईतीन वर्ष पहिला राष्ट्रिय सभाले संशोधन प्रस्ताव पारित गरिसकेको उक्त ऐन परिमार्जनको आवश्यकता महशुस भएकाले छलफल सुरु गरेको उनले जानकारी दिए ।

उनले भने,‘धेरै कुराहरुमा परिवर्तन आयो । सूचना सञ्चारको पनि विकास भयो । जसको कारणले त्यसलाई भन्दा नयाँ तरिकाले आधुनिक र विज्ञानसँग सम्बन्धित तरिकाले त्यसको संरक्षणको व्यवस्था गर्नुप-यो भनेर दुई तीनवर्ष पहिला राष्ट्रिय सभाले संशोधन प्रस्ताव पारित गरिसकेकोमा परिमार्जनको अमवश्यकता महसुश गरी समितिमा छलफल भइरहेको छ ।’ उनले राष्ट्रिय सभाको संशोधन र प्रतिवेदनमा उल्लेख भएका कुराहरुले पनि अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन कि भन्ने आशंका पैदा भएको बताए ।

उनले भने, ‘राष्ट्रिय सभाको संशोधनले पनि र त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुले पनि अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन कि भन्ने भन्ने कुरा छ । त्यसैले विषयवस्तु यहाँ प्रवेश भएको छ ।’

Skip This
Logo