एनआरएनए कतारको युवा विभागले राष्ट्रिय सम्मेलन गर्ने

एनआरएनए कतारको युवा विभागले राष्ट्रिय सम्मेलन गर्ने


गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतार अन्तर्गत रहेको युवा विभागको आयोजनामा अगामी मार्च ०५ तारिख दिउसो १ बजेदेखि अनलाइन (जूम) मार्फत राष्ट्रिय युवा सम्मेलन हुने भएको छ।

'नेपालको दिगो विकास र समृद्धिका लागि प्रवासी युवाहरूको भूमिका' भन्ने नारासहित राष्ट्रिय युवा सम्मेलन गर्न लागिएको समन्वय परिषद् कतारका युवा संयोजक रविन मगरले जानकारी गराए । उनले कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्था प्रमुख तथा कतारमा कार्यरत सबै युवायुवतीलाई सहभागी हुन आग्रह गरेका छन्।

Logo