मोना कतारको दशौं साधारण सभाको तयारी अन्तिम चरणमा

मोना कतारको दशौं साधारण सभाको तयारी अन्तिम चरणमा


म्याग्दी प्रवासी नेपाली सङ्घ, राष्ट्रिय कार्यकारी समिति (मोना) कतारको चौबिसौं मासिक तथा नियमित बैठक आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्वमा जुममार्फत सम्पन्न बैठकले मार्चको दोस्रो साता अर्थात् यही १२ तारीख शुक्रबार सम्पन्न हुन लागेको संस्थाको दशौं साधारण सभा तथा अठारौं बार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । 

कार्यक्रम सामाजिक दुरी कायम गर्दै सिमित तथा निर्वाचन समितिको उपस्थिती अलदोसरीबाट जुममार्फत सम्पन्न हुने भएको छ । संस्थाले जनवरी १ देखि नै लागू हुने गरि साधारण सभालाई लक्षित गर्दै साधारण सदस्यता शुल्क १० कतारी रियाल र आजीवन सदस्यता शुल्क २५१ रियाल कायम गरी खुला समेत गरेको छ ।

विश्वका २६ राष्ट्रमा फैलिएको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जिल्लाभित्र अग्रणी सामाजिक संस्थाको रुपमा परिचित छ । जिल्लाभित्र र परदेशका हरेक समस्यामा मल्हम लगाउने उदेश्यले प्रवासी म्याग्देली दृष्टी, समृद्ध म्याग्दीको सृष्टि भन्ने मुल मन्त्र लिएर सन २००३ को मार्चको दोस्रो शुक्रबार मोना कतारको स्थापना भएको हो ।

Logo