एनआरएनएको दशौं महाधिवेशन काठमाडाैंमा सुरु

एनआरएनएको दशौं महाधिवेशन काठमाडाैंमा सुरु

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाडाैंमा सुरु भएको छ । शनिवारदेखि ललितपुरस्थित होटेल हिमालयमा हुने महाधिवेशनको उद्घाटन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रूपमा गरे ।

सम्मेलनलाई संघका पूर्व अध्यक्ष डा‌. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। दुई दिनसम्म चल्ने सो सम्मेलनमा संघका महासचिव डा‍‍. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।

संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ। आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

Logo