नेपाललाई समृद्धि बनाउने अभियानमा एकताको विकल्प छैनः एनआरएनए पूर्वअध्यक्षहरू

नेपाललाई समृद्धि बनाउने अभियानमा एकताको विकल्प छैनः एनआरएनए पूर्वअध्यक्षहरू

केन्द्रबिन्दु
0
Shares

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले साघुँरिएर अघि बढेकाले यस्तो स्थिति आएको बताएका छन् । पद गौण भएको भन्दै सबैले जिम्मेवारीका साथ काम गरे समस्या नआउने उनले बताए ।

नेपाललाई समृद्धि बनाउने अभियानमा एकताको विकल्प नभएको उनको भनाइ थियो। ‘पाप नबोकाइ दिनुहोस् । संस्थामा आफ्नो सबै काम छोडेर लाग्न उचित हुँदैन। फुर्सदमा मात्र लाग्नु होला,’ उनले भने ।

गैरआवासीय नेपाली संघ ६० लाख नेपालीको भएको उनको भनाइ छ। उनले इगो राखेर संस्था टिक्न नस्क्ने पनि बताए । मन नपर्ने विषय रहे पनि सहेर बसेको उनले बताए।  

निर्वाचन ‘फेस टु फेस होस’ भन्ने चाहेको तर प्रतिनिधि छनोटको व्यवस्था व्यवहारिक नभएको उनले बताए । संस्था बिगारेको पुरानाले हो ? उनीहरूलाई ६५ प्रतिशत किन व्यवस्था गर्ने ?’ उनले प्रश्न गरे।

एनआरएनएमा कोही प्रतिपक्ष नहुने बताएका उनले विधान संसोधन गर्दा धेरै कुरा चित्त नबुझ्दा पनि चुप लागेको बताए। ‘कुलले मान्नु भयो । सुन्दा राम्रो लाग्यो भन्नु भयो तर पछि विरोध गर्नु भयो।’ उनले भने । सुन्दाभन्दा पनि गर्दा राम्रो हुनुपर्ने बताए।

विवादले छबी बिगार्न केही समय नलागेको बताए । पदमा जो आए पनि नआए पनि केही फरक पर्दैन। तर, संस्था बच्नु पर्छ। संस्था जीवित राख्नुपर्ने उनले बताए । नेपालीको समृद्धिका  लागि एनआरएनएको भूमिका हुनुपर्ने उनकाे भनाइ छ।

एनआरएनएलाई जसले पनि आफ्नो बनाउन खोज्छ : भट्ट
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनए १८ वर्षको सुन्दरी भएकाले आफ्नो बनाउन खिचातानी भएको बताए । संघ ठूलो डायस्पोरा रहेको उनले बताए ।

एनआरएनए उपेन्द्रजीले सुरु गरेकाे सत्ययुग हुँदै अहिले कलियुगमा प्रवेश गरेकाले एनआरएनएमा लफडा भएको बताए। कुण्ठा पालेर बस्न कसैलाई जरुरी नभएको उनकाे भनाइ छ । कुण्ठाकै कारण एनआरएनमा विवाद आएको उनले बताए । अब एनएनआरएमा मोडालिटी परिवर्तन गर्न आवश्यक भइसकेको उनको भनाइ छ ।

एनआरएनएमा एकताको हार्मोनी हरायो : लामिछाने
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेले एनआरएनएमा एकताको हार्मोनी हराएको बताए। 

एनआरएनएको दशौंँ महाधिवेशन उद्घाटनका क्रममा उनले एनआरएनएमा विषम परिस्थिति सिर्जना भएको बताए। गैरआवासीयहरूले नेपालको समृद्धिको लागि हातेमालो गर्नुपर्ने बताउँदै विवादका कारण एनआरएनएका धेरै राम्रा काम ओझेलमा परेको गुनासाे गरे। समीक्षा गरेर एनआरएनएलाई अघि बढाउनु पर्छ। विवादका कारण साख गिरेको भन्दै साख जोगाउन रचनात्मक काम गर्न आवश्यक भएको उनको भनाइ छ।

सहकार्य गरेर अघि बढ्नुपर्छ : थापा
संघका पूर्वअध्यक्ष रामप्रसाद थापाले एकताले आत्मबल दिएको बताए। सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए। एनआरएनएमा जुन दुर्घटना घट्यो, अब नघट्ने गरी बलियो र दिगो बनाउन सबै एकजुट भएर काम गर्नुपर्छ। एनआरएनएमा सुरुमा सहभागिता गराउनै हम्मे परिरहेको बेला अहिले वृहत भएको उनको भनाइ छ । 

सबैले गल्ती आत्मसात गरेर जानुपर्छ : संस्थापक सचिव ढकाल
संस्थापक सचिव चिरञ्जीवी ढकालले एनआरएनए नेताहरूमा टसल बढेकाले विवाद आएको बताए। गल्ती आत्मसात गरेर जानुपर्ने उनले सुझाए । दुई बर्षमा नेपाल आउने वातावरण बनाउन भौतिकरुपमै चुनाव गर्ने वातावरण बनाउन उनले जोड दिए। नयाँ उर्जा दिने शक्ति एनआरएनएमा आउन सक्नुपर्ने उनले जोड दिए। ‘६ महिनामा तिता कुरा भए । अब स्वच्छ मन लिएर जानुपर्छ।’ उनले भने । 

एकताले दुर्घटनाबाट जोगायो : अध्यक्ष  पन्त
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले आवश्यकताअनुसार विधान संशोधन हुने बताए । १० औँ महाधिवेशनका अवसरमा अध्यक्ष पन्तले एकता भएकाले दुर्घटनाबाट बचेको बताए। सुरुमा महाअधिवेशन परराष्ट्रले रोकेको उनले बताए । ‘अस्तित्व स्वीकार नगर्ने परिपाटी सिर्जना भएको छ’ उनले भने । 

अदालतले चुनाव गर्न दिए पनि सहमति, सहकार्य र एकताका लागि चुनाव नगरेको बताए । फोर्सफुल्ली चुनाव नगर्न सुझाव पायौं । साथी र अग्रजको आग्रहलाई मानेर चुनाव नगरेको उनको भनाइ छ ।

अब गाली सामान्य लाग्न थालेको उनले बताए । अभियान सार्थक बनाउनका लागि जो नेता भए पनि फुटाउन नहुने उनकाे मत छ । शेष घले पनि मूलधारमै आउने उनले बताए । ‘अब एनआरएनए कसैले बिग्रान सक्दैन,’ उनले भने । राज्यको सहयोग बिना काम गर्न नसकिने भएकाले सहकार्य खोजेको उनले बताए। 

उनले पूर्वअध्यक्षहरूको सात जनाको कमिटी बनाएर नयाँ नेतृत्व छान्ने बताए । उपेन्द्र महतोको संयोजकत्वमा गठित समितिले कसैलाई अन्याय नहुनेगरी उम्मेदवारको टुंगो लगाउने बताए। 

गैरआवासीय नेपाली ऐनको धारा २७ को कार्यसमितिसम्बन्धी व्यवस्था हाललाई स्थगित गरी सामूहिक नेतृत्वमा जान लागिएको अध्यक्ष पन्तले बताए। 

Logo