एनआरएनए उपाध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

एनआरएनए उपाध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको १० औं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित गरेको हो । यसअघि उनले महासचिवको पद समालेका थिए। डा शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आईसीसी सदस्यमा मनोनीत भएका थिए। उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए।

Logo